जताततै बन्दै बन्द हुन् लाग्यो
गुम्सिएर बस्न पर्ने
त्रासै त्रासमा बाच्नु पर्ने हुन् लाग्यो
कोरोना कहर
झन् बलियो पो हुन् लाग्यो
बल्ल बाटो समात्यो आफ्नो देशले भन्दा
कलहै– कलह, अहंकार, क्षुद्र–प्रवृति
स्वार्थ, हठ, सत्ता–आसक्ति, उद्दण्ड मनोवृति
फेरि चारै तिर देखिन पो लाग्यो
तिनीहरुलाई टुलुटुलु हेर्नु पर्ने पो भयो
अर्का तिर आफ्नाले नै देश हुँडले
अर्काको बन्दुक, बम–गोला, बारुद बोकी
देशलाई अनन्त लडाईंमा होमिदिए
आफ्नै बिचको लडाईं कति पीडादायी भयो
आफ्नो देशको बिजोग देख्दा
शायद शकुनीको आत्मा धरधर्ती रोयो
देखिन्छ जताततै दम्भको बोलबाला
छ अज्ञानीहरुको हातमा बम–गोला
कसैको सनकले पार्न सक्छ सवै ध्वस्त
होस छैन कसैलाई, छन् सवै आफ्नै घमण्डमा मस्त
हेर्दैछु आफु बाँच्दै गरेको एउटा कालखण्ड
थाहा छैन हेर्न पाउँछु कहिले सम्म
नराम्रा कुराहरु सवै नासिए हुन्थ्यो
आफु नरहे पनि यो सुन्दर धरती रहिरहेहुन्थ्यो
–
अगस्ट २७, २०२१
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...