अमेरिका– अफगानिस्तानमा मारिएका अमेरिकी सेनाको सम्मानमा राष्ट्रपति जो बाइडेन आईतबार डेलावेयरकेा डोबर एयरफोर्स पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।
राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले अफगानिस्तानमा मारिएका सैनिकको श्रद्धान्जली अर्पण गदै परिवारलाई पनि भेटे ।
अफगानिस्तानको काबुल विमानस्थल बाहिर दुई आत्मघाती बम विस्फोटन हुदा १३ अमेरिकी सैनिक सहित १६० जना अफगानी नागरिकको ज्यान गएको थियो ।
डोबर एयरफोर्समा राष्ट्रपति बाइडेन र पत्नी जिलले हमलामा मारिएका परिवारलाई भेटन सान्तवना दिएका थिए ।
अमेरिकाको एउटा विमान मार्फत ल्याइएको पार्थिव शरीर परिवारलाई हस्तान्तरण गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected