अमेरिका–अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको कहर बढेपछि कयौ अस्पतालहरुमा अक्सिजनको कमी हुन थालेको छ ।
विशेष गरि अमेरिकाको दक्षिण भेगका अस्पतालको हालत खराब भइरहेको छ । ति क्षेत्रमा भ्याक्सिन नलगाएकाहरुमा धेरै मात्रमा कोरोनाको संक्रमण बढेको छ ।
सिएननको एक रिपोर्ट अनुसार अमेरिकाको दक्षिण राज्य फलोरिडा, साउथ क्यारोलिना, टेक्सस आदी मा अक्सिजनको मात्र भारी रुपमा कमी भएको छ । अस्पतालमा अक्सिजन सकिदै गएको छ । अस्पतालहरुले रिजर्भमा अक्सिजनको प्रयोग गर्नु परिरहेको छ ।
समाचार अनुसार यी राज्यमा कोरोनाको संक्रमण अधिक बढेपछि अक्सिजनको माग अधिक बढेको हो । अस्पतालले बिरामीको चाप बढेपछि माग अनुसारको अक्सिजन आपुर्ति गर्न पाएको छैन । चिकित्सकका अनुसार डेल्टा भेरियन्टका कारण धेरैको फोक्सोमा खराबी देखिएर कयौ बिरामीको मुत्यु समेत भइरहेको छ ।
अमेरिकामा पछिल्लो समय डेल्टा भेरियन्टको प्रकोप संगै एक लाख भन्दा बढी कोरोना संक्रमीत थपिन थालेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected