अमेरिका– अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले तालिवानसंग आफनो सबै हतियार र उपकरण फिर्ता माग्नु पर्ने नभए सेनाले बम नै खसाल्नु पर्ने अभिव्यक्ति दिएका छन् । उनले अमेरिकाले तालिवानसंग आफना सबै हतियार र ८५ बिलियन डलर रकम एक एक गरेर फिर्ता माग्नु पर्ने बताएका हुन ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अमेरिकाका निवर्तनमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनलाई निशाना साध्दै यसो भनेका हुन ।

उनले अफगानिस्तानमा अमेरिकी सेनाको अभियानलाई बाइडेन प्रशासनले सबैभन्दा कमजोर तवरले चलाएको आरोप समेत लगाए ।
अफगानिस्तानबाट झण्डै २० वर्षपछि अमेरिकी सेना पुर्ण रुपमा फर्किएपछि ट्रम्पले भने– इतिहासमै कहिल्यै पनि यति नराम्रो तवरले हाम्रो सेना फिर्ता भएको रेकर्ड छैन । उनले अमेरिकको सबै उपकरण र हतियार फिर्ता ल्याउनु पर्ने नत्र तािलवान माथि अमेरिकी बम खसाल्नु पर्ने अभिव्यक्ति दोहोराए ।
अमेरिकी सेना ३१ अगष्ट सम्म अफगानिस्तानमा रहने भनिएपछि एक रात पहिल्यै फिर्ता भएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected