अमेरिका– अमेरिका टेक्ने सपनामा देश छाडेर कष्टर बाटोबाट अमेरिका छिर्न खोज्ने कयौ आप्रवासीहरु मुत्युको मुखमा पुगीरहेका छन् ।
अमेरिकाको सपना देखेर आफनो देश छाडेर हत्केलामा ज्यान राखेर महिनौ र वर्षो लगाएर हिडेर आउनेहरुको कथा कम्ति दर्दनाक छैन । केहीले मात्रै यो कठिन यात्रा पार गरेर अमेरिका टेके पनि अधिकांश भने बीचबाटोमा अल्पत्र मात्र नभई ज्यान समेत गुमाइरहेका छन् । कतैपय अमेरिका– मेक्सिको सिमा सम्म आएर ऋणको  भारी बोकेर फर्कनु परेको छ ।
यो वर्षको जुन २७ सम्म अमेरिका आउन खोज्ने १ हजार २ सय २४ जना आप्रवासीको मुत्यु भइसकेको छ । यी मध्ये १४ प्रतिशत अर्थात १७० जना मात्रै अमेरिका– मेक्सिको सिमामा मारिएका छ्न ।


इन्टरनेशनल अर्गानाइजेशन तथा माइग्रेसन सस्थाका अनुसार सन् २०१४ देखि लिएर २७ जुन २०१९ सम्म मात्रै ३२ हजार १ सय ८२ जना अमेरिका आउने क्रममा आप्रवासीको ज्यान गएको छ । जसमा अमेरिका तथा मेक्सिनको सिमामा ज्यान गुमाउने २ हजार ७५ जना रहेका छन् ।
अमेरिका आउने आप्रवासीहरु विशेष गरी अफ्रिकी तथा एशियन मुलुकका अधिक रहेका छन् । उनिहरुको आफनो ज्यानको बाजी लगाएर जंगल , समुन्द्र तथा अनकन्टार बाटो छिचोल्दै अमेरिका आउन मरिहत्ते गर्छन । यसरी अमेरिका आउने क्रममा कतिपयको डुंगा दुर्घटनामा परेर ज्यान गएको छ ।
मध्य अमेरिकी देशमा बसोबास गर्नेहरुले अमेरिकाको शरण माग्दै आएका छन् । यी मुलुकहरुमा बेरोजगारी तथा गरीबी हवात्तै बढेको छ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सुरु देखि नै शरणार्थिको विरुद्धमा रहदै आएक छन् । उनले आफनो चुनावी मुद्धा पनि शरणार्थीकै बनाएका थिए । ट्रम्प राष्ट्रपति भएपछि नै एसाइलम निकै कडा र्भएको छ ।
होन्डुरस, ग्वाटेमाला तथा साल्भाडोरमा बढदो गरीबी, हिंसा र बेरोजगारीको चरमताले सुन्दर भविष्यको सपना बुन्दै हरेक दिन अमेरिका मेक्सिको सिमाबाट अमेरिका पस्न खोज्छन् । तर धेरैको सपना मेक्सिको सिमाबाट ताल्चा लाग्न पुग्छ । पछिल्लो एक सार्वजनिक भएको तथ्याङक अनुसार हरेक वर्ष मेक्सिनको सिमाबाट झण्डै ५ लाख आप्रवासीहरु अमेरिका छिर्ने कोसिस गर्छन । तर पछिल्लो अमेरिकाको आप्रवासी नितिले एसाइलम प्रकृया झनै लामो र जटील बन्दै गएको छ । जसले गर्दा धेरैले प्रकृयाका लागी महिनौ देखि वर्षो पर्खनु पर्ने कानुनी जटिलता रहेको छ ।

अमेरिकामा यो समस्या संगै आव्रवासीहरु दोस्रो तरिकाले अमेरिका पस्ने कोसिन गर्छन र दुर्भाग्य उनिहरु अमेरिका नआउदै बीचबाटो मै मुत्युको मुखमा पुग्न बाध्य हुन्छन् ।
अमेरिकामा सन् २०१८ मा ९२ हजार ९ सय ५९ ले एसाइलमका लागी आवेदन दिएका थिए जबकी २०१७ मा ५५ हजार ५ सय ८४ जनाले आवेदन दिएका थिए ।

येा क्रम  अघिल्ला वर्षाहरुमा झनै बढदै गएको छ ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected