अमेरिका– आइदा आधीका कारण न्युयोर्क तथा न्युजर्सिमा भारी वर्षासंगै आएको बाढीले अहिलेसम्म ९ जनाको ज्यान गएको छ ।
मुत्यु हुनेमा २ वर्षाका बालक देखि ७० वर्ष उमेरका व्यक्तिहरु रहेका छन् ।
भारी वर्षा संगै आएको बाढीले न्युयोर्क सिटीमा संकटकाल घोषणा गरिएको छ । अहिले न्युयोर्कमा १० इन्च सम्म पानी परेको छ । बाढीका कारण घर बाहिर ननिकल्न सरकारले स्थानियलाई निर्देशन दिएको छ ।
आधी संगै आएको वर्षाले न्युजर्सि तथा न्युयोर्कमा लाखौको घरमा बिजुली प्रवाह रोकिएको छ । धेरै घरहरु जलमग्न भएका छन् । न्युयोर्कमा मुसल्धारे वर्षाले मेट्रो ट्रेन देखि घरहरु पानीले भरिएको छ । अहिलेसम्म कै ठुलो वर्षा न्युयोर्कमा रेकर्ड गरिएको बताईन्छ । वर्षा संगै आएको बाढीले सडकहरु अवरुद्ध भएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...