अमेरिका– न्युयोर्कमा वर्षा संगै आएको भीषण बाढीले एक परिवारका तीन नेपालीको मुत्युपछि अमेरिकामा रहेका नेपालीहरु शोकमग्न भएका छन् । न्युयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा आफनो अपार्टमेन्टमा ४९ वर्षका आङ गेलु लामा, २० वर्षिया श्रीमति मिङमा शेर्पा र १४ महिनाका छोरा लोप्साङ लामाको मुत्यु भएको हो । राती ९.३० बजे घरभित्र बाढी पसेपछि उनिहरुले तेस्रो तलामा बस्ने छिमेकीलाई अत्तालिएर फोन समेत गरेका थिए । उनिहरु बसेको अर्पाटमेन्टमा बाढी पसेपछि उनिहरु घरमित्रै मृत फेला परेका थिए । झयालबाट पानी पसेर करेन्ट प्रवाह भएर उनिहरुको मुत्यु भएको अनुमान गरिएको छ । प्रहरी अर्पाटमेन्टमा पुग्दा उनिहरुको ज्यान गइसकेको थियो । उनिहरुको शब पोष्टमार्टमका लागी अस्पतालमा राखिएको छ । शबको व्यवस्थापन र अन्तेष्टिका लागी परिवारजनसंग परामर्श लिने काम भइरहेको छ ।
नेपाल आदबासी जनजाती महासंघ,युनाइटेड शेर्पा एशोसिएसनएनआरएनले अमेरिका लगायत अमेरिकामा कृयाशिल विभिन्न संघ संस्थाले मृतक प्रति श्रद्धाजन्ली व्यक्त गदै परिवारमा समवेदना प्रकट गरेका छन् ।
सोलुखुम्बु जुनबेसी स्थायी घर भएका शेर्पा परिवार झण्डै १४ वर्ष देखि अमेरिकामा बसोबास गदै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected