अमेरिका– अमेरिकामा आइडा आधीसंगै आएको भीषण वर्षा र बाढीले ४६ जनाको अहिलेसम्म ज्यान गएको छ ।
अमेरिकाको न्युयोर्क, न्युजर्सि, पेन्सिलभेनिया, मेरिल्यान्ड, भर्जिनिया तथा कनेक्टिकट लगायतमा मुत्यु भएको हो । अधिकाश मुत्यु हुनेमा न्युयोर्क र न्युजर्सि राज्य रहेका छन् । अमेरिकी सरकारको उद्धार टोलीले कयौलाई बाढीग्रस्त क्षेत्रबाट उद्धार गरेको छ ।
खास गरि घर, सडक, रेलमार्ग तथा विभिन्न भवन क्षेत्रबाट सर्वसाधारणलाई सकुशल उद्धार गरिएको थियो । न्युयोर्कमा आधीसंगै भीषण वर्षा भएपछि सरकारले आपकालिन अवस्था समेत घोषणा गरेको थियो । न्युयोर्कमा अहिलेसम्मकै ठुलो वर्षा रेकर्ड गरिएको छ ।
वर्षाले न्युयोर्कका धेरै घर तथा अर्पाटमेन्टहरु जलमग्न भएका थिए । घरभित्र पानी पसेर विधुतमा करेन्ट प्रवाह भइ केहीले ज्यान समेत गुमाए । भारी वर्षाले विधुत र संचार समस्या समेत झेल्नु परेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected