अमेरिका– अमेरिकामा उडान भरे लगत्तै सानो जेट विमान दुर्घटनाग्रस्त हुदा पाइलट सहित चार जनाको ज्यान गएको छ ।
अमेरिकाको कनेक्टिकटबाट उडान भरे लगत्तै एउटा भवनमा ठक्कर खाई विमान दुर्घटनाग्रत हुदा दुई पाइलट र विमानमा सवार दुई यात्रुको ज्यान गएको हो ।
सेस्सना साइटेशन ५६० एक्स नामको विमान उत्तरी क्यारोलिना तर्फ जानका लागी उडान भरेको थियो ।
कम्पनीले प्राविधिक गडबढीका कारण विमान दुर्घटना भएको विज्ञप्ती मार्फत जनाएको छ ।
विमान खसेर भवनमा ठक्कर खाएपछि भवनको एउटा हिस्सामा आगलागी समेत भएको थियो । ठक्कर पछि भवनमा बिजुली समेत गएको थियो । भवन भित्र भने कुनै मानवीय क्षति भएको छैन ।
अहिले घटनाको बारेमा अनुसन्धान प्रकृया अघि बढेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected