एकाबिहानै

भुर्र उडेर आईन

एउटी फुच्ची चरी

अति सुन्दर स्वर्गकी परी

फुर्रफुर्र गर्दै झ्यालमा बसिन

अनि मलाई हेर्दैथिइन्

 

कहिले त्यो कुनामा

कहिले कुनामा

चिरबिर गर्दैथिइन्

लाग्यो ऊनी मलाई

केहि भन्न खोजिरहेकिथिइन्

 

कसरि बुझुँ

उनको बोली

केहि भन्दैथिइन् चुच्चो खोली

लाग्दथ्यो

केहि गहिरो सम्बन्ध उनको मेरो

एउटै ढुकढुकी मुटुमा हाम्रो

 

सम्झिएँ

बन, भीरपाखामा तिमी सँग हिडेको

हिउँदे, बर्खे खोलाहरु तरेको

सेता हिमालहरु हेरेको

नीलो समुन्द्रमा डुलेको

एउटै ढुकढुकीमा हामी बाँचेको

 

एक छिन पछि

उनी फुर्र उडेर गईन

पर्खिरहेँ, पर्खिरहेँ

तर उनी फर्किनन्

 

मैले सोचेँ

तिमी आयौ

स्वर्गबाट भेट्न मलाई

मलाई हेर्यौ

अनि फर्कियौ

 

बैकुण्ठराज आचार्य

सेप्टेम्बर , २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected