अमेरिका– अमेरिकामा फेरि कोरोनाभाइरसको कहर बढन थालेको छ । कोरोनाबाट संक्रमण मात्र नभई मुत्यु हुनेको संख्या पनि बढीरहेको छ ।
अमेरिकी अखबार न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकामा सेप्टेम्बर तीनमा कोरोनाबाट संक्रमीत १ लाख ६३ हजार ६ सय ६७ तथा मृतकको संख्या १५ सय ५० जना रहेका छन् ।
अमेरिकाले फेरि अहिले आएर डेल्टा भेरियन्टको मार झेलिरहेको छ । गएको जुलाईमा संक्रमण दर घटे पनि फेरि अहिले आएर हवात्तै बढीरहेको छ ।
अमेरिकामा बितेको साता दिनमा १ लाख ५३ हजार बढी संक्रमीत हुनेहरुको दर देखिएको छ । अस्पताल भर्ना हुनेको सख्या पनि त्यही रुपमा बढीरहेको छ ।

टेक्ससमा बढदो
टेक्ससमा अहिले २७ हजार भन्दा बढी कोरोना सक्रमितहरु भ्ेटिएका छन् । टेक्ससमा पब्लिक स्कुलमा अगष्ट देखि अहिलेसम्म २७ हजार भन्दा बढी विद्यार्थी तथा ४ हजार भन्दा बढी स्कुलका कर्मचारीमा संक्रमण पृष्ठि भएको छ । स्कुलहरु खुले लगत्तै विद्यार्थीहरुमा संक्रमण हवात्तै बढेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected