अमेरिकाको क्यालिफोर्नियामा अचेत अवस्थामा अस्पताल पुराइएका सुमन पोखरेलको दुख्द निधन
अमेरिका– अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा २७ वर्षिय नेपाली युवा सुमन पोखरेलको शनिवार दुख्द निधन भएको छ ।
चार वर्ष अघि डिभी भिसामा अमेरिका आएका पोखरेलको अचेत अवस्थामा बिहीबार अस्पताल पुराइएकोमा निधन भएको हो ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक विज्ञप्ती जारी गदै पोखरेलको निधनले नेपाली समुदायलाई स्तब्ध बनाएको जनाएको छ ।
पोखरेलको मुत्यु के कारणले भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन । समाचार स्रोतका अनुसार साथीको घरमा गएका पोखरेल सुतेको अवस्थामा अचेत भएपछि गएको बिहीबार साझ ओकल्याण्ड काइजर अस्पतालमा अस्पताल पुराइएको थियो । उपचारकै क्रममा उनको शनिवार बिहान निधन भएको अस्पतालले पृष्ठि गरेको एनआरएनए क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।
झापाको बिर्तामोड स्थायी घर भएका पोखरेलले दुई वर्ष अघि मात्रै विवाह गरेका थिए । उनको श्रीमति र परिवार सबै नेपालमा रहेका छन् ।
पोखरेलको शब व्यवस्थापन र आवश्यक सहयोगका लागी वाइट जोन क्यालिफोर्नियाले गोफन्ड खोलेको छ । उनको शब नेपाल पठाउन अहिले पहल भइरहेको छ ।
सहयेागका लागी गेाफन्ड
सम्बन्धित खवर
-
धन्यवाद दिवस अमेरिकामा ...
-
अमेरिकामा राष्ट्रपति, ...