शिव शर्मा
अमेरिका– अमेरिकामा पछिल्लो समयमा अकस्मात ज्यान गुमाउने नेपालीहरु बढदै गएका छन् ।
विशेष गरि सुतेको अवस्थामा, दुर्घटना तथा अन्य विभिन्न घटनामा परेर नेपालीहरुले ज्यान गुमाउने क्रम बढेको हो । त्यस्तै कामको सिलसिलामा लुटेराको आक्रमणमा पनि नेपालीले ज्यान गुमाउनु परेको छ ।
अचेत भएर ज्यान गुमाउने नेपालीहरु अझै बढेको देखिन्छ । जुन सुतेको अवस्थामा ज्यान गुमाउने क्रम बढदो छ । क्यालिफोर्नियामा शनिवार मात्रै सुतेको अवस्थामा अचेत भएपछि अस्पताल पुराइएका २७ वर्षिया झापा बिर्तामोडका सुमन पोखरेलले ज्यान गुमाए ।
त्यसै गरी महिना दिन अघि पनि पर्वतका विपिन लम्साल र बिस्किन्सनमा काठमान्डौका २२ वर्षिय सृजन कुवरको पनि अचेत अवस्थामै अस्पताल पुराएपछि ज्यान गएको थियो ।
यस्तै नर्थ क्यारोलिनामा दाङका ३४ वर्षिय भरतराज ओलीलाई पनि दुई महिना अघि अर्धचेत अवस्थामा अस्पताल पुराएपछि उपचारकै क्रममा ज्यान गएको हो ।
अमेरिकामा खानपीन, निद्रा लगायतका समस्याले सुतेको अवस्थामा ज्यान गुमाउने क्रम बढेको छ ।
यो सगै अन्य विभिन्न घटनामा परेर नि नेपालीहरुले ज्यान गुमाउनु परिरहेको छ ।
उता गएको बुधबार न्युयोर्कमा घरकै अर्पाटमेन्टमा बाढी पसेर सोलुखुम्बुका एकै परिवारका बाबु ४९ वर्षका आङ गेलु लामा, श्रीमति मिङमा लामा र १४ महिनाका छोरा लोप्साङ लामाले ज्यान गुमाए ।
त्यस्तै दुई महिना अघि नै ओहायोमा नेपाली विद्यार्थी २५ वर्षिय कुशल देवकोटा पार्क घुम्ने क्रममा बेहास भएर ढलेपछि उपचारकै क्रममा उनको पनि ज्यान गएको थियो ।
अकस्मात तथा दुर्घटनामा परेर ज्यान गुमाउने संगै आत्महत्या समेत केही नेपालीले गदै आएका छन् ।
अमेरिकामा अर्को एउटा बेग्लै प्रकारको दुर्घटनामा मनाङ घर भएका ५६ वर्षिय फु छेवाङले अनाहकमा एक महिना अघि न्युर्सिमा ज्यान गुमाए । उनलाई आफु सगै काम गर्ने नेपाली युवा २३ वर्षिय मिलन घिमिरेले गोली हानेर हत्या गरेका थिए ।
मेरिल्यान्डमा एक पुर्व प्रहरी अधिकृतको मुत्यु
अमेरिकाको मेरिल्यान्डमा एक पुर्व प्रहरी अधिकृतले आत्महत्या गरे । तर परिवारले घटनालाई बाहिर ल्याउन चाहेन । उनले के कारणले आत्महत्या गरे भनेर बाहिर आएको छैन । घटना परिवारभित्रै सिमित रहयो र अमेरिकाका नेपालीहरु यसबारेमा बेखबर रहे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected