काठमान्डौ– अमेरिकाको डिभी परेपपछि नक्कली कागजपत्र पेश गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा मोरङका अमरबहादुर कटुवाल,
नवलपरासीका नरेश केसी र पाल्पाका सुमित रत्न गुभाजुलाई प्रहरीले पक्राउ गरेका हुन । उनिहरुलाई सन् २०२० को डिभी परेको थियो । भिसा प्रकृया अगाडी बढेपछि आशंका लागेपछि काठमान्डौ स्थित अमेरिकी दुताबासले नेपाल प्रहरीलाई अनुसन्धानका लागी पत्राचार गरेको थियो । अनुसन्धान पछि उनिहरुले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको थियो । नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने सोहिली शाही, दिपविष्ट र लक्ष्मण पाठक पनि पक्राउ परेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected