अमेरिकाको क्यालिफोर्नियामा पार्टनर आग्रहमा कन्डम प्रयोग नगरे कानुनी झमेलामा परिने

अमेरिका– अमेरिकामा कन्डमको प्रयोगलाई लिएर एउटा नया नियम बनाइएको छ । यदि यो नियमको पालना भएन भने यस बारेमा कानुनी रुपमा उजुरी समेत दिन सकिनेछ ।
अमेरिकाको क्यालिफोर्नियामा यो नियम बनाइएको हो । कुनै पनि जोडीको रोमान्टिक रिलेशनसिपमा यदि पार्टनरको आग्रहमा कन्डम प्रयोग गरिएन भने त्यो गैरकानुनी ठहरिनेछ । क्यालिफोर्निया सरकारले बनाएको यो नियम विपरीत गएमा जो कोही जोडी पनि कानुनी झमेलामा फस्नुपर्नेछ ।
सायदै विश्वमै पहिलो पटक अमेरिकाको क्यालिफोर्निया राज्यमा यो नियम लागु गरिएको हो ।
अमेरिकी अखबार इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार अमेरिकाको क्यालिफोर्निया यस्तो कानुन बनाउने पहिलो राज्य हुनेछ । छिट्टै नै यो सम्बन्धी ड्राफट पास हुने तयारीमा छ ।
कानुन अनुसार पीडितले आरोपीको विरुद्ध इमोशनल तथा फिजिकल नोक्सानीलाई लिएर मुद्धा दर्ता गर्न सक्नेछन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...