अमेरिका– प्रदीप हुमागाई नेपाली फुटबल खेलमा नछुटाइने नाम हो । लामो समय नेपालमा फुटबल खेलमा योगदान दिएका हुमागाई केही वर्षदेखि अमेरिकामा छन् ।
फुटबल प्रशिक्षक हुमागाई हालै मात्र अमेरिकन फुटबल क्लब किस्टोन एथेलेटिक्सको प्राविधिक निर्देशकमा अनुबन्धित भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा रहेको क्लबले हुमागाईलाई मासिक १० हजार अमेरिकी डलर सहित अन्य सेवा सुविधा प्रदान गर्ने सम्झौता गरि अनुबन्धित गरेको हो ।
त्यसो त यस अघि पनि हुमागाई यो क्लबमा प्रशिक्षक भएर लामो समय काम गरेका थिए ।

अमेरिका आउनु अघि उनी थ्रिस्टार क्लबको प्रमुख प्रशिक्षक थिए । झण्डै एक वर्ष थ्रिस्टारको प्रशिक्षक रहदा उनले थ्रिस्टारलाई ए डिभिजनको लिगको उपाधी दिलाउन सफल भएका थिए ।
उनले प्रशिक्षक कालमा थ्रिस्टारले उदयपुर गोल्डकपको उपाधी समेत जितेको थियो ।
बीचमा नेपाल फर्किएका हुमागाई ललितपुर सिटी एएफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी बहन गरेका थिए । नेपाल सुपर लिगमा क्लबले आशा लाग्दो नतिजा ननिकालेपछि उनले जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected