–बैकुण्ठराज आचार्य

 

कुर्सी बिना मेरो के अस्तित्व

कुर्सी बिना मेरो संघर्षको के महत्व

दुनियाँलाई म जे सुकै भाषण  दिउँ

भित्री कुरो कुर्सीको लागि नै यो सब गरेको हुँ

जान्ने बुझ्ने भनाउँदा हो !

मैले तिमीहरुको नाडी छामिसकेको छु

मेरो अगाडी तिमीहरुको केहि मूल्य छैन

भासिए हुन्छ बाहिर कतै, म दुखी: हुने छैन

 

आफु जिउँदो छँदै नै सवै मोज गर्ने हो

जेसुकै भनुन अरुले, त्यो तपशीलको कुरा हो

“भाड मे जाए” देश, शान्ति र संस्कृति

जसरि पनि म कुर्सीमा बस्नु पर्छ, नत्र हुन्छ सवै बिकृती

 

इतिहास !

त्यो त मेरा “भाट“हरुले लेखिहाल्छन

कुर्सिवालाको सवै “फट्याई“हरु लुकाईहाल्छन

मलाइ उच्च, महान व्यक्तित्व बनाईहाल्छन

 

ए कुर्सी !  तिमी कति शक्तिसाली छौ

लाग्छ तिमी एउटा रहस्यमयी “लाल परी” हौ

देख्यौ! तिमीलाई पाउन कति मरिहत्ते गर्छन

तिम्रो लागि आफ्ना ईमान, धर्म–संस्कृती सवै बेच्दछन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected