बैकुण्ठराज आचार्य

 

कुर्सी बिना मेरो के अस्तित्व

कुर्सी बिना मेरो संघर्षको के महत्व

दुनियाँलाई जे सुकै भाषण  दिउँ

भित्री कुरो कुर्सीको लागि नै यो सब गरेको हुँ

जान्ने बुझ्ने भनाउँदा हो !

मैले तिमीहरुको नाडी छामिसकेको छु

मेरो अगाडी तिमीहरुको केहि मूल्य छैन

भासिए हुन्छ बाहिर कतै, दुखी: हुने छैन

 

आफु जिउँदो छँदै नै सवै मोज गर्ने हो

जेसुकै भनुन अरुले, त्यो तपशीलको कुरा हो

भाड मे जाएदेश, शान्ति संस्कृति

जसरि पनि कुर्सीमा बस्नु पर्छ, नत्र हुन्छ सवै बिकृती

 

इतिहास !

त्यो मेराभाटहरुले लेखिहाल्छन

कुर्सिवालाको सवैफट्याईहरु लुकाईहाल्छन

मलाइ उच्च, महान व्यक्तित्व बनाईहाल्छन

 

कुर्सी !  तिमी कति शक्तिसाली छौ

लाग्छ तिमी एउटा रहस्यमयीलाल परीहौ

देख्यौ! तिमीलाई पाउन कति मरिहत्ते गर्छन

तिम्रो लागि आफ्ना ईमान, धर्मसंस्कृती सवै बेच्दछन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected