अमेरिका– अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा आगलागी परेर ज्यान गुमाउनेमा एक परिवारका चार जना सहित ५ नेपाली भाषी भुटनिज समुदायको निधन भएको छ ।
घटनामा ज्यान गुमाउनेमा दल सुब्बा, श्रीमति फिपमाया सुब्बा तथा १६ वर्षिया छोरी प्रेरणा सुब्बा र ५ वर्षिया छोरी परिसा सुब्बा रहेका छन् ।
घटनामा सोही परिवारका नातेदारका १२ वर्षिय छोरा स्माइल सुब्बाको पनि निधन भएको छ ।
उक्त घरमा ९ जनाको परिवार बस्दै आएका थिए । घटना आइतबार राती १२.५० मा भएको प्रत्यदर्शिले बताएका छन् । आगो के कारणले लाग्यो भनेर केही खुलेको छैन ।
घरधनी दल सुब्बाको चार जनाको परिवार भने घटनामा परेर ज्यान गुमाएका छन् । उक्त घरमै बस्दै आएका नोतदारका पाच जना मध्ये एक जनाको बालकको ज्यान गएको छ भने घटनामा अन्य चार जना भने आगलागीबाट ज्यान जोगाएर भाग्न सफल भएका छन् । घाइते चार जनाको अस्पतालमा उपचार भइरहेको नेपाली भाषी भुटनिज समुदायका सामाजिक अभियान्त खर्रग बानियाले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् ।
घटनामा घाइते मध्ये दुई जना दाजुभाई झयालबाट हाम फालेर र एक महिनाले ४ वर्षिय छोरी बोकेर आगो लागेको घरबाट उम्कन सफल भएका थिए । घटनामा घाइते घरको सबैभन्दा तल्लो तलमा सुतेका सर्वजीत सुब्बाले आगलागीपछि सबैलाई उठाउदै हिडेका थिए । चार जना सुतेको ढोका नखुलेपछि उनिहरुको आगलागीमा ज्यान गएको थियो । अन्यलाई भने उठाएर उनी आगोको लप्का सगै माग्न सफल भएका थिए ।
तस्विर सौजन्य खर्रग बानिया
सम्बन्धित खवर
-
धन्यवाद दिवस अमेरिकामा ...
-
अमेरिकामा राष्ट्रपति, ...