अमेरिका– अमेरिकामा कोरोना संक्रमण भइ अस्पतालमा उपचार गराई रहेका एक नेपालीको निधन छ ।
अमेरिकाको क्यालिफोर्नियाको रियाल्टोमा परिवार सहित बसोबास गदै आएका उपेन्द्रप्रसाद मेहताको भेन्टीलेटरमा उपचारकै क्रममा निधन भएको हो ।
नेपालको घर सुनसरी भोक्रा भएका ३९ वर्षिय मेहताको सात वर्ष अघि मात्रै डिभी डाइभर्सिटी भिसामा सपरिवार अमेरिका आएका थिए ।

दिवंगत मेहताका श्रीमति र छेारा

स्वर्गिय मेहताका श्रीमति सहित ८ र २ वर्षका छोराहरु रहेका छन् । कोरोना संक्रमणका कारण श्रीमति खुश्बु मेहताले दुई वर्षदेखि नियमित काम गर्न सकेकी थिइन । झनै परिवारको सहारा श्रीमान गुमाएपछि विछिप्त बनेकी उनले तत्काल काम गर्ने सक्ने अवस्था छैन । नाबालक दुई छोरा तथा पतिको दाहसस्कारका लागी पनि अहिले आर्थिक सहयोगको आवश्कता देखिएको छ ।
मेहता परिवारको सहयोगका लागी सबैले खोलिएको गोफन्डमा सहयोग गरिदिन आव्हान गरिएको छ ।
गोफन्डको लिंक तल छ –

https://gofund.me/cf7d1a79

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected