लाखौ वर्ष अघि पृथ्वीमा उल्कापिन्डा खसेर सामुहिक विनास हुदाँ कयौ जीवजन्तुको नष्ट भएको थियो । जसले गर्दा पृथ्वीमा सल्फरको मात्रा बढेर महासागरमा बढीमात्रामा अम्लियपन बढेको हो ।

अमेरिकाको येल युनिभर्सिटीका शोधकर्ताले अध्ययन गरी यस्ताे  दाबा गरेका हुन । उनीहरुका अनुसार लाखौ वर्ष पहिला उल्कापिण्ड खस्दा पृथ्वीको झण्डै तीन चौथाई जीवजन्तु र बनस्पति लुप्त भएको थियो ।

उल्कापिण्डबाट निस्केको सल्फर ग्यास सबै वातावरणमा फैलिएकै कारण महासागरको पानी अम्लिय भएको हो ।
अमेरिकाको पीएनएएस नामक जर्नलमा प्रकाशित अध्ययन अनुसार सामुहिक विनासकै कारण महासागरको पीएच स्तरमा गिरावट आइ समुन्द्रको पानी अम्लिय भएको थियो । यसैका कारण पृथ्वीमा रहेको जीवजन्तु नास भएका थिए ।
अध्ययनका लागी शोधकर्ताले रासायनिक संरचनाको विश्लेषण गदै समुन्द्री पर्यावरणमा आएको उतारचढावको तथ्यांक संकल्न गरेका थिए ।अध्ययनकर्ताहरुका अनुसार सामुहिक विनासका कारण पृथ्वीमा यस्तो समस्या आएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected