टेक्सस-नेपाली समुदायको बाक्लेा बसेाबास रहेकेाकम्युनिटिको बोर्डमा सूर्य थापाले उम्मेदवारी दिएका छन् । ड्यालास एरियाको
नेपालीहरु बसोबास गर्ने ठुलो कम्युनिटि मध्येमा पर्ने भिरिडिएन कम्युनिटिको बोर्ड मेम्बरको १ सदस्यका लागि यहि सेप्टेम्बर २३ तारिख देखी ३० सम्म
मतदान हुंदैछ । १ जना पदका लागी १० जना प्रतिष्प्रधामा रहेको पदमा लगभग तिन हजारको हाराहारीमा रहेकाभिरिडिएन बासीन्दाहरुले मतदान गर्न पाउनेछन् ।
पत्रकारिता र पछिल्लो समय रियल्टरको पहिचान बनाएका थापा कम्युनिटिको बोर्ड मेम्बरमा उम्मेदवारी दिने पहिलो र एक मात्र नेपाली रहको छन् ।
आकर्षक डिजाईनका साथै बनाईएको यस कम्युनिटिको सुन्दरता जोगाईराख्न र सुरक्षा, बातावरण सुधार लगायतका काममा आफ्नो मुख्य ध्यान रहने
थापाले बताएका छन् । भिरिडिएन कम्युनिटीमा लगभग दुई सय परिवार नेपालीहरुको रहेको अनुमान गर्दै थापाले यंहा रहनुहुने सबै नेपालीहरुको सहयोगको
अपेक्षा गरेको बताएका छन् । सेप्टेम्बर २३ तारिख देखी एक घरको एकजनालाई ईमेल मार्फत मतदान लिंक आउने र त्यहि लिंक मार्फत
१० जना मध्ये १ जना सूर्य थापालाई मतदान गर्न सकिने छ । एचओए लाई अमेरिकामा समुदायका लागि बलियो स्थानिय संस्थाका रुपमा लिईन्छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...