मेक्सिको सिमाबाट टेक्सस पसेका हेटीका हजारौ आप्रवासीलाई फिर्ता पठाउदै

अमेरिका– अमेरिकाको टेक्सस सिमामा आएर बसेका हेटीका हजारौ आप्रवासीलाई अमेरिकाले फिर्ता पठाउने भएको छ ।
गएको शनिवार देखि मेक्सिको सिमा पार गरेर टेक्ससको एउटा पुल मुनि जम्मा भएका उनिहरुलाई अमेरिकाको बाइडेन प्रशासनले फिर्ता पठाउन लागेको हो ।
गरिबी तथा भोकमरीका कारण सुरक्षीत बासस्थान खोज्दै उनिहरु मेक्सिको सिमा पार गदै टेक्ससको डेल रियो सहर आइपुगेका हुन । हवाईजहाज मार्फत उनिहरुलाई अमेरिकाबाट फिर्ता पठाउने तयारी भएको छ । उनिहरुको रहेको स्थानमा ४ सय भन्दा बढी सिमा सुरक्षाबल तैनाथ भइसकेको छ । पछिल्लो आकडा अनुसार २ हजार भन्दा बढी आप्रवासीहरु पुल मुनि बसेका छन् । उनिहरुलाई दैनिक पाच देखि आठ उडान मार्फत उनिहरुकै देशमा फिर्ता पठाउने तयारी भएको छ । उनिहरुको कोभिड–१९ को जाच गरेर फिर्ता पठाउने तयारी भएको हो ।
यतिबेला आप्रवासीहरुको लस्कर बढेपछि पैदल आउनेहरुका लागी सुरक्षाका कारण अमेरिकी सिमाहरु बन्द गरिएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...