शिव शर्मा
टेक्सस
– अहोरात्र खटिएर कमाएको सबै व्यवसायमा लगाउदा चुर्लम्म डुब्यो । मिहिनेत गरेर वर्षो लगाएर कमाएको सबै स्वाह भएपछि मन स्थिर भएन ।
रेष्टुरामा आफुले कमाएको र श्रीमानको कमाई समेत गरेर झण्डै डेढ लाख तीन वटा स्टोरको साझेदारीमा लगानी गरेकी थिइन । यो सन् २००३ तिरको कुरा हो । जुन बेला यमुना भट्टराई परिवार पुर्वी झापाको दमकबाट अमेरिका आएको पनि दस वर्ष व्यतित भइसकेको थियो । अमेरिका आएको झण्डै एक दशकमा कमाएको सबै डुबेर खाली हात भएपछि उनी बिचलित भइन । ‘सबै कमाएको व्यवसायमा डुबेपछि अत्तालिएर अब नेपालनै फर्कु जस्तो त्यो बेला भयो’ आफनो बिगतको नमिठो पल सम्झदै अहिलेकी सफल नेपाली महिला उद्यमी मल्टी मिलियिनर व्यवसायी इन्दिरा भट्टराईले भनिन– ‘अमेरिका आएको लामो समयपछि स्थापित भइसक्ने बेला भएको त्यो नोक्सानीले बिचलित बनाइ छाडयो ।’ त्यो बेला नेपाल फर्कने सोच बनाउदा उनमा कम्ति चिसो पसेन ।


फेरि फर्केर पनि नेपालमा यतिका वर्ष अमेरिका बसेर के गरेर आइस भन्छन् भन्ने अर्को हुन्डुरी मनमा चल्यो । यता नफर्को भने जहाज नै डुबी सकेको थियो । दस वर्ष सम्म दिनरात नभनी अमेरिकामा कमाएको कमाई बालुवामा पानी हुदा यस्तो हुनु स्वभाविक पनि थियो । त्यो बेला उनी त्यस्तै ३३ वर्षकी थिइन । दुई साना छोरी थिए । त्यही माथि उनी चार महिनाकी गर्भवति थिइन । माष्टर पढदा–पढदै नेपाल टेलिकमको सरकारी जागीर छाडेर अमेरिका आएकी उनले त्यो समय हरेश नै खाइसकेकी थिइन । श्रीमान नन्दकिशोर पनि टेलिकमकै जागीरे थियो । यो संगै उनिहरुको नेपालमा एक दर्जन भन्दा बढी टेलिफोन बुथको व्यवसाय पनि थियो । अमेरिकाको युटाहको सल्ट लेक सिटीमा सन् १९९५ अर्थात झण्डै २६ वर्ष अघि आएको यमुनाको परिवार संघर्षको दौरान धेरै पटक लडदै र उठदै अहिले व्यवसायमा एउटा स्थापित नाम भइसकेको छ । अमेरिकामा नेपाली समुदायबाट व्यवसायमा छलाङ मार्नेमा उनको पनि नाम आउछ ।
अमेरिकामा अहिले यमुना भट्टराई महिला उद्यमीमा एउटा ब्रान्ड बनिसकेको छ । बिगतका ति तिता र कठिन मोडहरु अहिले सबै अतित बनिसकेका छन् । अहिलेको सफलताले उनलाई अमेरिकाका ति सुरुवाती कठिन खुडकिलाहरु सबै बिर्साइदिएको छ । स्टोर, जग्गा तथा सपिङ कम्पलेक्स व्यवसायबाट उनले अहिले मनग्गे आम्दानी गरिरहेकी छिन् । रेष्टुरामा पोछा लगाउने कामबाट सुरु भएको उनको अमेरिकाको जीवनसर्घष वेटर हुदै अहिले एउटा सफल महिला व्यवसायीको रुपमा स्थापित भएको छ ।

युटाहबाट ड्यालस आउनु नै ट्रनिङ प्वाइन्ट
नेपाल टेलिकमको सरकारी जागीर छाडेर यमुनाका श्रीमान सन् १९९५ मा विद्यार्थी भिसामा अमेरिका आएका थिए । सुरुमा युटाहको सल्टलेक सिटीमा उनि आए । श्रीमान यता आएको ठ्याक्कै दुई वर्षपछि यमुना पनि आइपुगिन । यतिबेला अमेरिका आउने डिभी भर्खरै सुरु भएको थियो । उनिहरु अमेरिका आउदा डिभीको दोस्रो वर्ष मात्र भएको थियो । यतै आएर टेलिकमको जागीरको राजीनामा बुझाइन । श्रीमानको डिपेन्डेन्टमा आएकी उनले सुरुमा काम पाइनन । उनिहरु युटाह आउदा त्यहा जम्मा चार जना नेपाली मात्रै थिए ।

साल्ट लेक सिटीको डाउनटाउनको एउटा चल्तीको रेष्टुरामा उनले काम सुरु गरिन । सुरुमा कामको केही अनुभव नभएकाले रेष्टुरामा पोछा लगाउनु प¥यो उनले । सुरुवाती ति दिनहरुमा नेपालको टेलिकमको जागीर सम्झेर उनी धेरै रोइन । मजदुर जस्तै घोटिएर काम गर्नु पर्दा उनलाई निकै मुस्किल भयो । श्रीमानलाई नेपालनै फर्को भनिन । श्रीमान केही अघि अमेरिका आएकाले सबै बुझीसकेकाले सुरुमा यहा“ यस्तै हो भन्दै ढाडस दिए उनलाई । सरकारी स्कुल पढेकोले अग्रेजी राम्रो थिएन यमुनाको । अग्रेजीको इएसएल कक्षा लिइन । नर्सिङ पनि पढन थालिन ।


उनले काम गर्ने रेष्टुरेन्ट सल्टलेक सिटीको डाउनटाउनको चल्तीको थियो । भीडभाड हुन्थयो । काम गदै गर्दा उनी वेटर भइन । वेटर भएपछि कमाइ राम्रो हुन थाल्यो । टिप्स सहित सबै गरेर महिनामा ५५ सय डलर कमाउन थालिन उनले । उता श्रीमानले पनि होटल लगायत पिजा डेलिभरीको काम गरेर उनले जति नै कमाउथे । झण्डै पाच वर्ष रेष्टुरेन्टमा काम गरिन । आफनो र श्रीमानको कमाइ बचत गरेर झण्डै डेढ लाख डलर बोकेर व्यवसाय गर्ने भन्दै उनी युटाहबाट २००३ मा टेक्ससको ड्यालस सहर आइपुगिन । जहा“ केही नेपाली व्यवसायीहरु स्थापित भइसकेका थिए ।
युटाहमा मिहिनेत गरेर कमाएको ड्यालसमा तीन वटा ग्यास स्टोरमा साझेदारीमा लगानी गरिन । तर लगानी गरेको आठ महिनापछि स्टोर सबै डुब्यो । हिसाबकिताबमा पार्टनरले धोका दिएपछि लगानी सबै धराशयी भयो । केही राम्रो होला भनेर मिहिनेतको कमाइ बोकेर ड्यालस आएकी उनी आठ महिनामै लगानी डुबेपछि रित्तै भइन । अमेरिका आएको झण्डै दस वर्ष हुन लागेको त्यो समयमा व्यवसायमा पाएको असफलताले उनी दुखीत भइन । दुई साना छोरी र पेटबाट हुर्कदै गरेको चार महिनाको छोराको भविष्य सम्झेर भनै अत्तालिइन । स्टोर डुबेपछि फेरि सामान्य काम तर्फ फर्किन । ड्यालसमा सामान्य काम गर्दा कमाइ नभएपछि फेरि २००४ को अन्ततिर युटाह राज्यकै सल्टलेक सिटी फर्किन । फेरि मिहिनेत गरेर काम गरिन । नर्सिङ पनि पढेकी उनले जेपिएस अस्पताल संगै रेष्टुरेन्टमा फेरि काम थालिन । केही वर्ष उता बसेपछि अन्ततः फेरि आट लिएर ७० हजार डलर बोकेर पुन २००७ मा टेक्ससको ड्यालस फर्किन ।
यस अघिको स्टोर व्यवसायमा पाएको असफलताबाट फेरि हार नखाई स्टोरमै लगानी गरिन । पहिला डुबेको सिकाई भयो उनका लागी । ७५ हजार डलरमा आर्लिङटनमा एउटा स्टोर लिए श्रीमानले ।। काखे छोरा च्यापेर उनी श्रीमानसंगै स्टोरमा काम सिक्न थालिन । छोरा सानो भएकाले बेबीसिटरमा राख्न त्यो बेला आर्थिक अवस्थाले भ्याउदैनथ्यो । त्यहा काम सिकेपछि उनले श्रीमानलाई आफुले अर्को स्टोर गर्ने आट सुनाइन । उनले सहास गरिन । दक्षिण ड्यालसमा नेपालमा टेलिकममा सगै काम गरेका एक जना साथीको अफर आयो स्टोरमा साझेदारी गर्न । यस अघि साझेदारी गर्दा धोका पाएको सम्झेकी थिइन उनले । तर पनि नजिककै साथी टेलिकममा संगै काम गरेकोले उनले आटिन । उनले त्यो बेला २००९ मा लिएको स्टोर क्षेत्र दक्षिण डयालसको निकै अपराध हुने ठाउ थियो । दिउसै पार्किङ लटमै गोली चल्थ्यो । त्यहा“ स्टोर सुरु गरेपछि भने उनको दिन फि¥यो । मासिक १५ हजार स्टोरबाट नाफा कमाउन थालिन । पहिलो पटक युटाहबाट ड्यालस आउदा रितै भएकी उनलाइृ दोस्रो पटक भने ड्यालस फलिफाप भयो । असफलता नै उनका लागी सफलताको प्रतिक बन्यो । उनका लागी दोस्रो पटक ड्यालस आउनु नै ट्रनिङ प्वाइन्ट भयो । त्यसपछि भने उनलाई कहिल्यै पछाडी फर्केर हेनु परेन । उनको भाग्य चम्के जस्तै भयो ।
स्टोर व्यवसायमा सफलता पाएपछि व्यवसायको लगानी बढाउदै गइन । फेरि उनले टेक्ससको पेरिसमा डेढ लाख डलरमा दुई वटा स्टोर लिइन । फ्रिस्को बसाइन सरिन उनी । स्टोर व्यवसाय त्यहा“बाट ९० माइल टाढा थियो । चार घन्टा घन्टा भन्दा बढी ड्राइभ गरेर व्यवसाय हेर्न आउनु जानु पथ्र्यो । तीन वर्षमा त्यहा“ पाच वटा स्टोर थपिए । कमाई राम्राृे हुन थाल्यो ।
साढे चार वर्षको अवधिमा बैकमा डेढ लाख जति जम्मा भएको थियो । त्यतिबेला ड्यालस फोटवर्थ क्षेत्रमा लिकर (मदिरा व्यवसाय) स्टोर बन्द भएका थिए । यसबारेमा उनलाई निकै बुझन र यससम्बन्धी व्यवसाय गर्दा राम्रो हुने सोच आयो । आफनो योजना श्रीमानलाई सुनाइन । तर श्रीमानले मानेनन । हठी र जिद्दी स्वभावकी उनले श्रीमानलाई मनाउने क्रममा झण्डै एक महिना उनिहरुको बोलचाल नै बन्द भयो । चार घन्टा ओहोरदोहोर गरेर व्यवासयी हेर्न र जान उनलाई निकै गारो भएको थियो ।
त्यही भएर उनले ड्यालस फोटवर्थ क्षेत्रमै व्यवसाय सुरु गर्ने सोच बनाइन । उनकै हठकै कारण श्रीमान राजी भएर २०१२ मा फोटवर्थ क्षेत्रमा बन्द भएको ठाउमा डेढ लाख लगानी गरेर लिकर स्टोर खोलिन । लिकर स्टोरले सुरुमै गति लियो । ९० माइल टाढाको पा“च वटा ग्यास स्टोर चलाउन मुस्किल भएपछि बेचिन ।
फेरि लिकर स्टोरमै लगानी बढाउन थालिन । लिकर स्टोर व्यवसाय सम्बन्धी अध्ययन पनि गरिन उनले । फेरि २०१४ मा ट्रिनिटी क्षेत्रमा अर्को लिकर स्टोर खोलिन । दुई वर्षमै लिकर स्टोरबाट छलाङ मादै सात वटा बनाइन । अहिले उनि सगै डयालस, अर्भिङ, फोटवर्थ, युलेश लगायत टेक्ससका विभिन्न शहरमा गरेर झण्डै ३० वटा लिकर स्टोर रहेका छन् । उनकै योजना र सोचमै लिकर स्टोर सुरु भएको थियो । अहिले यी स्टोरबाट लाखौ कमाई हुन्छ ।

अति चल्ने क्षेत्रमा भएका यी स्टोरहरुले मनग्गे कमाइ दिइरहेका छन् । कुनै बेला एउटै स्टोरबाट डेढ देखि दुई लाख डलर सम्म भएको उनको स्मरणमा छ । अहिले आफनो व्यवसायको संजाल अमेरिकाको फलोरिडामा पनि पु¥याएकी छिन् । फलोरिडामा सपिङ कम्पलेक्स, स्टोर तथा तीन वटा घर रहेका छन् । फलोरिडामा उनले पाच मिलियन भन्दा बढी लगानी गरेकी छिन् ।
रिटेल व्यवसाय हुदै जग्गातिर
ग्यास स्टोर र लिकर स्टोरमा व्यवसायिक सफलता हासिल गरेपछि पछिल्लो समय उनले जग्गाहरुमा लगानी गरिरहेकी छिन् । अबको उनको लक्ष्य भने रिटेल व्यवसायबाट निस्केर जग्गामा लगानी गर्ने रहेको छ । अहिले उनी जग्गा किन्ने र भाडामा दिने काम समेत गरिरहेकी छिन् । ‘मासिक २ देखि ३ लाख डलर सम्म आम्दानी हुन थाल्यो भने रिटेल व्यवसाय छाडछु, यमुनाले आफनो व्यवसायिक संघर्षको कथा सुनाउने क्रममा भनिन–‘बिस्तारै अहिले जग्गा व्यवसायमा पनि राम्रो प्रगति भइरहेको छ । अहिले उनीसंग चार हजार एकड जमीन छ । जुन जग्गाबाट अहिले उनलाई मासिक ७० हजार डलर भाडा आउछ ।
उनले अहिले टेक्ससका व्यस्त राजमार्ग छेउछाउका जग्ग किनेर भाडामा दिन थालेकी छिन् । उनले लिएका जग्गाहरु अमेरिकाका केही ठुला कम्पनीहरुले पनि भाडामा लिएका छन् । अमेरिकाको एउटा ठुलो सोलार कम्पनीले ८ सय ५१ एकडको जग्गा ३० वर्षलाई एक एकडको ९ सय डलर मासिकको दरले तिरिरहेको छ । यस्ता अन्य व्यवसायिक कम्पनीहरुले उनको जग्गामा भाडामा लिएका छन् । स्टोर व्यवसायमा धेरै समय दुख भएकाले अब जग्गाको व्यवसायमा लागेर केही सहज जीवनशैली अपनाउने सोचमा उनी लागेकी छिन् ।
युरोपका अधिकांश राष्ट्रको भ्रमण गरिसकेकी उनको भविष्यको सोच भने नेपालमै फर्किने रहेको छ ।

लोभलाग्दो जीवनशैली
अमेरिकाको लामो बसाई र जीवनमा भोगेका दुख कष्टबाट माथि उठेर पाएको व्यवसायिक सफलताले अहिले उनको जीवनशैली र बसोबास निकै उच्च स्तरीय छ । उनको घर क्षेत्रमा प्रवेश गरेर अवलोकन गरेपछि जसको मन पनि लोभिन्छ । उनले आफनै पौरख र पसिनाले सिंचित कमाइबाट यस्तो लोभलाग्दा घर जग्गा जोडेकी हुन ।


टेक्ससको डयालस फोटवर्थ क्षेत्रको कोलिभिलमा निकै सुविधा सम्पन्न घरमा उनी परिवासंगै बसोबास गदै आएकी छिन् । ठुलो र आकर्षक तीन एकड जमीनको फराकिलो भुगागमा उनको घर रहेको छ । स्वीमिङपुल लगायत सबै अमेरिकन शैलीको सुविधा उनको घरमा रहेको छ । निकै महंगो र धनीहरु बसोबास गर्ने उक्त क्षेत्रमा सन् २०१७ घर किनेकी हुन । झण्डै १.६ मिलियन डलरमा किनेको उक्त घर र जग्गाको भाउ अहिले झण्डै २.७ मिलियन डलर मुल्य अर्थात नेपाली झण्डै ३० करोड रुपैया पर्छ ।

संघ संस्थामा आवद्धता
बच्चै देखि सामाजिक काममा पनि उनको लगाव थियो । नेपाल देखिको त्यो लगाव अमेरिका आएर पनि टुटेको छैन । अरुको दुख र सामाजिक काममा उनले दिल खोलेर चन्दा दिदै आएकी छिन् । राजनितिमा पनि यमुना कलेज देखि नै लागिन । विशेषतः वामपन्थी राजनितिमा लागेकी उनी अनेरास्ववियुको विभिन्न पदमा रहेर काम गरिन । नेपाल टेलिकम कर्मचारी संगठनको काठमान्डौ क्षेत्रको क्षेत्रीय उपाध्यक्ष सम्म भइन ।
अमेरिका आएर पनि घर संगै व्यवसायी र गृहणी मात्र नभई विभिन्न संघ संस्थामा आवद्ध रहदै आफनो सामाजिक कर्मलाई अगाडी बढाइरहेकी छिन् । टेक्ससको ठुलो नेपाली समाजको इभेन्ट संयोजक हुदै नेपाली समाज टेक्ससको उपाध्यक्ष भएर काम गरेको पनि उनको अनुभव छ । इन्द्रेणी , पशुपति नाथ लगायतका संघसंस्थामा उच्च पदमा रहेर पनि काम गरिन । त्यस्तै र्एएनएको केन्द्रय सदस्यm ओएनएफको केन्द्रय सदस्य, प्रवासी नेपाली मञ्चको उपाध्यक्ष तथा गैरआवासिय नेपाली संघ आइसिसी केन्द्रिय सदस्य भएर काम गरिसकेकी छिन् । अहिले उनी एनआरएनए अमेरिकाज क्षेत्रको महिला संयोजकको रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा उर्तिएकी छिन् ।

भिडियेा हेर्नुहेास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected