अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे न्युयोर्कमा सयुक्त राष्ट्रसंघको महासभा संबोधन
अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले आज न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधत गरेका छन् ।
संबोधनका क्रममा राष्ट्रपति बाइडेनले हामीले आज आतंकवादको सामना गर्नु परिरहेको बताए । उनले अफगानिस्तानमा २० वर्षदेखि चलेको संघर्षलाई आफुले अन्त्य गरेको समेत सबोधनका क्रममा उल्लेख गरे । यो समयमा अमेरिकाले धेरै क्षति ब्योहोर्नु परेके समेत बताए । हामीले यो समय लाखौ अमेरिकनलाई गुमायौ, जुन हाम्रा लागी हदयविदारक छ, बाइडेनले संबोधनका क्रममा भने ।
उनले अमेरिकाले अब शितयुद्ध नचाहेको बताउदै जसबाट संसार विभाजित हुन नपरोस भन्ने धारणा राखे । उनले सबैका लागी कुटनितिक ढोका खुल्ला गरिएको समेत बताए ।
संयुक्त राष्ट्रसंघको ७६ औ महासभामा भाग लिन आज संसारका नेताहरु न्युयोर्कमा भेला भएका छन् ।
सम्बन्धित खवर
-
डलास, टेक्सास — अमेरिकाको ...
-
वाशिङ्टन डी.सी. — संघीय उड्डयन ...





















