अमेरिका– अमेरिकी संघीय जाच ब्युरो (एफबिआई) का निर्देशक क्रिस्टाफर रे ले अफगानिस्तानमा तालीवान कब्जा पछि चरमपन्थी आतंककारीले अमेरिकामा आक्रमणको षडयन्त्र रच्न सक्ने चेतावनी दिएका छन् ।
उनले होमल्यान्ड सेक्युरिटी तथा गर्भमेन्ट अफेयर्स कमिटी सामु अमेरिकी धरती माथि चरमपन्थी समुहले आक्रमणको षडयन्त्र रच्न बन्द नगरेको बताए ।
अमेरिकामा अफगानिस्तानमा तालिवान कब्जापछि आतंकवादको खतरा दुई दशक पहिलाको तुलनामा बढन सक्ने बताईएको छ । अमेरिकी अधिकारीहरुले खतरालाई निगरानी गरिरहेका छन् । अलकायदा तथा इस्लामिक स्टेट आतंकवादी समुहले आफनो सेनाको पुर्ननिर्माण गरेर अमेरिका माथि हमला गर्न सक्ने नेशनल काउन्टर टेररिज्म सेन्टरका निर्देशक क्रिस्टोन अबिजेदले समेत सचेत गराएको द हिलको रिपोर्टमा उल्लेख गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected