टेक्ससमा आफन्तबिहिन नेपाली चेली निर्मला रेग्मीको बेवारिसे बनेको शब
टेक्सस– साता दिन अघि अमेरिकाको टेक्सस फोटवर्थमा नेपाली महिला ३६ वर्षिया निर्मला रेग्मी ओझाले सवारी ठक्करबाट ज्यान गुमाइन ।
समाचार अनुसार उनले बाटो काटने क्रममा सवारीले ठक्कर दिएपछ ज्यान गएको थियो । लामो समयसम्म उनको कोही नभएपछि शब समेत जिम्मा लिने कोही तयार भएनन । आफन्त अमेरिकामा कोही नभएपछि शब बेबारिसे अवस्थामा रहन पुग्यो । खोजी गर्ने क्रममा उनी सुदुरपश्चिम धनगढीकी स्थायी बासिन्दा रहेको थाहा भयो । उनको अमेरिकामा आफन्त कोही नभएपछि नेपाली समाज टेक्ससले अभिभावकत्व लिएर शबको अन्तिम दाहसंस्कार हिजो बिहिबार गरिदियो ।
२००६ मा डिभी परेर अमेरिका आएकी निर्मला सुरुमा केन्टकी आएको उनलाई नजिकबाट चिनेकी ममता जोशीले युएसनेपाल पोष्टलाई जानकारी दिइन । अमेरिका आउनु अघि उनले २००५ मा विवाह गरेकी थिइन । विवाह गरेको ६ वर्षपछि २०११ मा श्रीमानसंग उनको सम्बन्ध विच्छेद भएको थियो । सम्बन्धबिच्छेदपछि एक्लै बस्न थालेकी उनलाई मानसिक स्वास्थमा खराबी देखियो । लगत्तै उनी नेपाल गएर दुई वर्ष बसेर फर्किन । न्युयोर्कमा लामो समय बस्ने क्रममा उनी सानो तिनो काम गर्थिन । तर कामबाट निकालिन्थिन ।
न्युयोर्कमा बस्दै आएकी उनी कोराना महामारी पछि टेक्सस बसाई सरेको हुन सक्ने सुदुरपश्चिम समाजका पुस्कर पाठकले जानकारी दिए । तर उनी कहिले टेक्सस आइन र कहा बस्थिन भन्ने बारेमा कसैलाई जानकारी छैन । ममता जोशीले २०१९ को अन्ततिर उनलाई न्युयोर्कमा देखेको र भेटमा आफुलाई समेत नचितेको बताइन ।
परिवारकी एक्ली छोरी निर्मलाका दुई भाई र आमा नेपालमा रहेका छन् । शबलाई उद्धार गरि अन्तेष्टि गर्ने कोही नभएपछि हामीले जिम्मा लिएर दाहसंस्कार गयौ, नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले बताए ।
तस्विर सौजन्य ममता जोशी