अमेरिका– अमेरिकामा फेरि अर्को अधिक खतरनाक मानिएको आर.डट वान भेरियन्ट देखापरेको छ ।
अमेरिकी विशेषज्ञहरुले पछिल्लो पटक अमेरिकामा यो विश्वव्यापी खतरनाक भाइरस देखिएका बताएका छन् । अमेरिकामा यो नया भए पनि वर्ष दिन अघि यो भेरिन्ट सबैभन्दा पहिला जापानमा देखिएको थियो । पछि यो विश्वका धेरै मुलुकमा देखिन थालेको छ , यो भाइरस निकै सक्रमक हुन सक्ने विशेषज्ञहरुको राय छ । अहिले अमेरिकामा यो नया भेरियन्टबाट संक्रमित हुने संख्या कम भए पनि भविष्यमा यसबाट बच्नु पर्ने बताएका छन् ।
अमेरिका सहित ३५ मुलुकमा यो भेरियन्टको संक्रमण देखिएको छ । एक तथ्याङक अनुसार विश्वभर यो भेरियन्टबाट १० हजार जना यसबाट प्रभावित भइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected