अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको भ्याक्सिन फाइजरको तेस्रो डोज लगाएका छन् ।
पछिल्लो साता अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले ६५ वर्ष भन्दा अधिक तथा जोखिम भएकाहरुलाई कोरोना विरुद्धको भ्याक्सिन फाइजरको बुष्टर डोजको प्रयोगका लागी अनुमति दिएको थियो ।
फाइजरको तेस्रो डोजको प्रयोगको अनुमति दिएपछि फाइजरको तेस्रो डोज लगाएका हुन ।
राष्ट्रपति जो बाइडेनले ट्वीट गदै सबै अमेरिकनहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लिन अपिल गरेका छन् ।
उनले महामारीलाई हराउन , जीवन बचाउन बालबालिकालाई सुरक्षीत राख्न, अर्थ व्यवस्थालाई चलायमान बनाउन भ्याक्सिनको बुष्टर डोज लिनु पर्ने आवश्यकता भएको बताए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...