यतिबेला भ्वाइस अफ नेपाल सिजन थ्रिका बिजेता किरण गजमेरलाई त्रिभुवन विमानस्थलबाट फकाईएको समाचार बाहिरएको छ ।
अमेरिकाबाट कतार एयरवेजको विमानबाट नेपाल गएका उनलाई अध्यागनम विभागले विमानस्थलबाटै फर्काएको समा चार नेपाली सञ्चारमाध्यमहरुले छापेका छन् । नेपाल प्रवेश गर्न नपाएपछि किरण पुन अमेरिका फर्किएका छन् ।
किरण अमेरिकी नागरिक समेत भएकाले उनले एक वर्षमा एउटा प्रवेशाज्ञमा १८० दिन नेपाल बस्न पाउने प्रावधान छ । उक्त समय अवघि उनी भ्वाइस अफ नेपालको प्रतिस्पर्धाका क्रममा बसीसकेकाले उनलाइृ फिर्ता पठाउनु परेको नेपालको अध्यागमन विभागले प्रष्ट पारेको छ ।
किरण अब यो वर्ष पुन नेपाल जान पाउदैनन । उनी अर्को वर्ष २०२२ मा मात्रै पुन नेपाल जान पाउछन । किरणलाई विमानस्थलबाट फर्काइएपछि उनका प्रशंसकहरुले नेपाल सरकारप्रति टिप्पणी

गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected