अमेरिका– अमेरिकामा एक व्यक्ति अमेरिकन एयरलायन्सको जहाज ल्यान्डिङ हुने बितिक्कै आपतकालिन ढोका खोलेर जहाजको पंखामा चढेका छन्।
अमेरिकाको कोलोम्बियाबाट उडान भरेको जहाज मियामी अन्तराष्ट्रिय विमानस्थलमा ल्यान्डिङ भए लगत्तै बुधबार राती एक व्यक्ति जहाजको पंखामा चढेका हुन ।
समाचार अनुसार जहाज उर्तेर पोजिशन लिइरहेको बेला ति व्यक्ति आपतकालिन ढोका खोलेर जहाजको पखामा चढेको बताईन्छ । घटना लगत्तै ति व्यक्तिलाई पक्राउ गरि हिरासतमा लिइएको छ । घटनापछि जहाजमा सवार यात्रुहरु निराश हुदै उर्तिएका थिए । ति व्यक्तिलाई तुरुन्तै इमरजेन्सी कोठामा लैजादा उनमा उच्च रक्तचाप भएको पाइएको थियो । घटनापछि ति व्यक्तिले प्रहरी संगको बयानमा आफनो स्वास्थय ठिक नभएको बताएका छन । अस्पतालमा उपचारका लागी लगेर ठिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















