अमेरिका– अमेरिकाको शिकागोको इलिनोइजमा चमेरोको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ ।
चमेरोको ठोकाइबाट ८० वर्षका थोमस क्रब नामका व्यक्तिको ज्यान गएको हो ।
चमेराले उनलाई अघिल्लो महिना घाटीबाट टोकेको थियो । टोकाइपछि उनको शरीर तथा टाउको दुख्ने, हात उठाउन गाहो हुने र बोल्न समेत समस्या हुने लक्षण देखिएको थियो । पछि अस्पताल लगिएकोमा उनको मुत्यु भएको थियो । इलिनोइज स्वास्थय विभागका अनुसार जाचका क्रममा चमेरोमा रेबिज पाइएको थियो । रेबिजकै कारण उनको ज्यान गएको हो । उनले टोकाइपछि पनि सुरुमा उनले उपचारमा बेबास्ता गरेको बताईन्छ ,। सन १९५४ पछि राज्यमा चमेरोको टोकाइबाट मान्छेको ज्यान गएको यो पहिलो घटना हो । भर्खर मात्रै इलिनोइस स्वास्थय विभागले घटना बारे जानकारी गराएको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...