अमेरिका प्रवेशको एउटा सहज माध्यम हो डाइभरसिटी भिसा अर्था डिभी ।
हरेक वर्ष अमेरिकाका लागी खुल्दै आएको डिभी लोटरी फेरि खुलेको छ । अमेरिकाको विदेश मन्त्रालयले डिभी २०२३ अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म भर्न सकिने जनाएको छ ।
डिभी आउदो बुधबार नेपालमा रहनेहरुले नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेट जादा भर्न सक्नेछन् ।
यसरी भरेको डिभी को रिजल्ट सन २०२२ को मे महिनामा खुल्नेछन । डिभी परेकाहरुले सेप्टेम्बर ३० २०२३ सम्म भिसा हातमा आउनु पर्नेछ ।
अमेरिकाको जनसंख्यालाई अझ विविद्यता दिन सन् १९९१ बाट डिभी कार्यक्रमको सुरुवात भएको हो । अमेरिकाले लोटरी सिस्टमबाट छानेर हरेक वर्ष ५० हजारलाई अमेरिकाको ग्रिनकार्ड दिदै आएको छ । अमेरिका आउन हरेक वर्ष अनलाइन मार्फत २ करोड भन्दा बढीले डिभी भर्छन । डिभी भर्नेमा एशिया तथा अफ्रिकी मुलुकको संख्या अधिक छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected