कति भयो ति बुढाबुढी बा आमा नै नभेटेको
गन्दा गन्दै वर्षो भयो, गामबेसी नै नटेकेको
दशै तिहार आयो–गयो, वर्षो बितिरहयो
गाउघरको सम्झनाले आखा भिजीरहयो
घरदेशकै आशै–आशैमा परदेशकै बास भयो
जिन्दगीकै हरेक खुशी परदेशमै नास भयो
बाटो हेर्दे बस्नेहरु, बाटो हेर्ने छाडीसके
गाउघरका आफना पनि बिरानो हुन थालिसके
कहिलेसम्म बस्ने होला, पददेशमा अझै हजुर
चाडपर्व आउदा जादा न्यास्रो लाग्छ सधै हजुर
दिन गन्दै परदेशमा , बित्ने हो की जुनी
आफनै देशको माटो अब कहिले होला छुनी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
युलेस, टेक्सस — अगस्ट १५, २०२६ को ...
-
उनलाई डालस एयरपोर्टमा ...




















