होस गर्नुहोला

आजकल फेरि

भाइरसहरु जताततै छन्

कहिले टि.भि.मा

कहिले सडकमा देखिन्छन

हामीलाई फेरि भड्काउने सुरमा छन्

 

हुलजुलुसमा नजानु होला

चर्को कुरा सुनेर नतातिनु होला

भाइरसको चक्रब्युहमा नपर्नु होला

आफ्नो शरीर, मनमस्तिष्क जोगाउनु होला

 

डर भयो भाइरसहरुलाई

मानिसहरुले बिबेकको  “मास्कलगाइरहेको  देख्दा

फ़ाइजर‘, ‘मोडर्नाआदि बुद्दिको  खोप  लगाउँदा

रुप बदलेर फेरि भाँडभैलो गर्न खोज्दैछन्

भ्रममा नपर्नुहोस तिनीहरु तिनै भाइरस हुन्

 

स्वदेशी हो वा बिदेशी

भाइरस भनेको भाइरसै हुन्

थाहै नपाई हामीलाई

पाए सम्म सिध्याउने हुन्

 

आफु टाठो , दरिलो  हुनुपर्छ

फटाहा भाइरसले  के पो गर्न सक्छ ?

भुकिरहन्छ त्यो

हात्ती भएर आफ्नो बाटो लाग्नु पर्छ

 

बैकुण्ठराज आचार्य

सेप्टेम्बर ३०, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected