अमेरिका–अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प माइक्रो ब्लगिङ वेभसाइट ट्वीटर तलतल लागेको छ । उनले आफनो बन्द रहेको ट्वीटर अकाउन्ट खोल्नका लागी अदालत संग गुहार मागेका छन् ।
उनले फलोरिडा स्थित फेडरल जज समक्ष अपिल गरेका छन् । उनले आफनो ट्वीटर अकाउन्ट पुन सुरु गर्न अनुमति दिन आग्रह अदालत समक्ष गरेका हुन । गएको जनवरी ६ मा क्यापिटल हिल घटनापछि ट्रम्पको ट्वीटर बन्द छ ।
फलोरिडा अदालत समक्ष ट्रम्पले टवीटरले गरेको कार्वाही विरुद्ध आदेश दिनका लागी अनुरोध दायर गरेका छन ।
ट्रम्पका वकीलले ट्वीटरले देशको राजनिति र शक्ति माथि नियन्त्रण र प्रयोग गरेको आरोप लगाएका छन् । यो लोकतन्त्रको बहसका लागी खतरनाक भएको समेत बताइएको छ ।
गएको जनवरी आठमा ट्वीटरले हिसा र उक्साहटको खतराका कारा उनको ट्वीटर अकाउन्ट स्थायी रुपबाट निलम्बन गर्ने फैसला गरेको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...