अनेसास न्यूह्याम्पसायर र म
–गोवर्धन पूजा/बाेस्टन
– बोस्टनमा सिर्जनाउत्सवको कार्यक्रममा आउनु भएका उमेश कोइरालाले कुरै कुरामा भन्नु भयो – एकपटक न्यूह्याम्पसायरमा पनि “सिर्जना उत्सव“ गरौ न ! ”
बास्तवमा हामी पनि त्यही अवसरको खोजीमा थियौ – बोस्टनको साहित्यिक गतिविधिलाई बोस्टनको वरीपरीफैल्याउने |
समय र मिति मिलाएर हामी न्यूह्याम्पसायरतिर लाग्यौ | संयोग भानुजयन्ती परेको थियो | समूहमा थिए – महेश्वर पन्त, दीपा राई पुन , हरि थापा, ममता कर्माचार्य ,पेशल रेग्मी, ज्ञानप्रकाश शर्मा , गौरव थपलिया, आइबी अयर आदि |
हुक्सेटको चिटिक्क परेको हलमा खचाखच उपस्थिति , अनि हाम्रो पर्खाइमा रहेमा साहित्यिक मनहरू ! संयुक्त ब्यानर टाँगीयो | मन्चमा बसियो , संयोग त्यस्तै पर्यो , एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने | समाजसेवी सोम गुरुङ्गले आफ्नो अनुभव प्रस्तुत गर्दै मीठो ढंगले कार्यक्रम संचालन गर्नुभयो | कार्यक्रममा थोरै मन्तव्य र धेरै कविता सुन्न पाइयो | सबै दर्शक कविताका भोका देखिन्थे | यस्तो लाग्थ्यो यो स्थानमा एउटा नियमित साहित्यिक शृंखला होस् र यी भोका मनहरूले साहित्यिक रसास्वादन गर्न पाउन् | नभन्दै कार्यक्रमको समापनतिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , न्यूह्याम्पसायर शाखा गठन गर्ने घोषणा गरियो |
साहित्यकार अग्नि पराजुलीको अध्यक्षतामा सुरेन्द्रदेव आचार्य उपाध्यक्षसहित ईश्वरी भट्टलगायतको सानो समिति बन्यो |
एउटा ठूलो कार्यमा सहभागी भएको महशुस गरि सिर्जना उत्सवको टोलि बोस्टन फर्कियो |
केही महिनापछि लक्ष्मीजयन्ति मनाउने निन्तो आयो| महेश्वर पन्त, दीपा राई पुन ,ममता कर्माचार्य , अनु शाहसहितको हाम्रो टोली पुन: गयो, न्यूह्याम्पसायर | अन्य कार्यक्रम र वार्षिकोत्सवमा पनि हामीले निम्तो पाइरह्यौ , हाम्रो सहभागिता रहदै आयो |
पछि, म अनेसासको केन्द्रीय महासचिव भएपछि केन्द्रको भानुजयन्ती न्यूह्याम्पसायरमै मनाउने प्रस्ताव पनि मैले राखें | साथीहरूले सहर्ष स्वीकार गर्नु भयाे | बीच-बीचमा भएका कार्यक्रममा पनि मेरो उपस्थिति निरन्तर रहन थाल्यो |
बोस्टनबाट डेड-दुई घन्टाको गुड़ाईमा पुगिने न्यूह्याम्पसायरकोप्रत्येक कार्यक्रममा सहभागिता जनाउदै आएँ, कहिले पनि यताको कार्यक्रममा अनुपस्थित भइन | बरु कहिले काहिँबोस्टनको कार्यक्रम छुट्ने गर्यो |
यसरी अनेसास न्यूह्याम्पसायरसंग यति निकट सम्बन्ध रहन गयो कि म बोस्टनमा बसे पनि अनेसास न्यूह्याम्पसायरको सदस्यजस्तो लाग्न थाल्यो |
मेरो महासचिवको दोश्रो कार्यकालमा अनेसास दोश्रो च्याप्टर सम्मेलन पनि न्युह्याम्प्श्यारमै गर्ने प्रस्ताब भयो र भव्यताका साथ सम्पन्न पनि भयो |
यसरी स्थापनाको छोटो समयमै पनि न्यूह्याम्पसायरले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सक्ने दक्षता हासिल गर्यो |
अहिले यतिखेर विश्वका बिभिन्न मुलुकमा रहेका अनेसासका च्याप्टर माझ न्यूह्याम्पसायर च्याप्टर बलियो र सक्रिय च्याप्टरका रुपमा रहेको छ | अग्नि पराजुलीको दुई कर्यक्राल अध्यक्षतापछि कृष्ण गिरीले आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेका छन् र यो जिम्मेवारी हरिमाया खतिवडामा आइपुगेको छ | साहित्य र संगीतमा उत्तिकै लगाव राख्ने खतिवडाको नेतृत्वमा अझ अगाडि बढ्ने आशा गर्ने सकिन्छ |
साहित्यलाई मुटुमै लिएर हिड्ने ईश्वरी भट्ट, रामचन्द्र भट्ट, उमेश कोइराला, अनि साहित्यलाई माया गर्ने साेम गुरुङ , बिष्णु राई , हरिकुमारी गुरुङ, टीका आचार्यलगायतका कारण न्यूह्याम्पसायर च्याप्टरले भाषा साहित्यका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको छ र गर्ने सम्भावना देखाएको छ |
शनिवार न्यूह्याम्पसायर च्याप्टरले छैठौं वार्षिकोत्सव मनायो | अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हरिमाया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण पनि गरिएको छ | अध्यक्ष अधिकारीको समूहमा रमा न्यौपाने (उपाध्यक्ष), हरिकुमारी गुरुङ ( महासचिव), रवि पाठक ( सचिव ), दिनबन्धु प्रेमी (कोषाध्यक्ष ) र राधा थापा ( सहकोषाध्यक्ष ) रहेका छन् | यसैगरी सदस्यहरूमा निगम रिमाल, पुष्पा दाहाल ओझा , घनश्याम शर्मा दाहाल, राकेश राई र राम श्रेष्ठ रहेका छन् |
स्थापना कालदेखि नै आफू संग्लन च्याप्टरले छैठौं वार्षिकोत्सव मनाइ रहदा मेरो मन प्रफुल्लित हुनु स्वाभाविकै हो | लाग्छ “सिर्जना उत्सव“देखि सुरु भएको अनेसास न्यूह्याम्पसायर च्याप्टरको बीजारोपण सहि मिति, तिथि र साइतमा गरिएको थियो | यसको सफलतासंगै मेरो मनमा एउटा खुशी फूल्ने गर्दछ – अनेसास न्यूह्याम्पसायरले मलाई बढी माया गर्छ कि मैले ?
gpooja1970@gmail.com