अमेरिका– अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अब धनीहरुको सुचीबाट बाहिरिएका छन् ।
धनीहरुको सुची निकाल्दै आएको फोब्र्स का अनुसार २५ वर्ष यता पहिलो पटक डोनाल्ड ट्रम्प अहिले आएर अमेरिकाको ४ सय धनी अमेरिकनहरुको सुचीबाट बाहिरिएका छन् ।
फोब्र्सका अनुसार कोरोना महामारी सुरु भए यता डोनाल्ड ट्रम्पलाई करोडौ डलरको नोक्सान भएको छ ।
राष्ट्रपति चुनावमा ट्रम्प डेमाक्रेटका जो बाइडेन संग हारेका थिए ।
२५ वर्ष यता पहिलो पटक डोनाल्ड ट्रम्प तथा रियल स्टेटका दिग्गज धनीहरुको सुचीबाट बाहिरिएका छन् ।
ट्रम्पको सम्पत्ति २५० करोड डलरको आसपास रहेको छ । तर ४० करोड डलरबाट पछि परेपछि उनी धनीको सुचीमा पर्न सकेनन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...