अमेरिकामा कोरोना भ्याक्सिन लगाउन नमान्ने १४ सय कर्मचारी कामबाट निकालिए
अमेरिका– अमेरिकाको न्युयोर्कमा स्वास्थय क्षेत्रमा कार्यरत कर्मचारीलाइ कोरोना भ्याक्सिन लगाउन अनिवार्य गरिएको छ । अघिल्लो साता यो नियममा आदेश जारी गरिएको थियो ।
अमेरिकाको एउटा कम्पनीले कोरोना भ्याक्सिन नलगाएका १४ सय जना कर्मचारीलाई कामबाट निकाली दिएको छ । उनिहरु सबैले भ्याक्सिन लगाउन अस्वीकार गरेका थिए ।
समाचार एजेन्सीको रिपोर्ट अनुसार न्युयोर्क राज्यको सबैभन्दा ठुलो हेल्थकेयर प्रोभाइडर नर्थबेल हेल्थ संग सम्बन्धी कर्मचारीलाई कामबाट निकालिएको हो । हेल्थकेयरका प्रवक्ता जो केन्पले भ्याक्सिन सबैका लागी अनिवार्य रहेको र जो कर्मचारी भ्याक्सिनका लागी तयार थिएनन, उनिहरुलाई कामबाट निकालिएको बताएका छन् ।
न्युयोर्कको नर्थबेल मा ७६ हजार कर्मचारी काम गर्छन र तिनमा १४ सयलाई कामबाट निकालिएको हो । बाकी सबै कर्मचारीले भने कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...