अमेरिका– अमेरिकामा कोरोना महामारीले धेरै बालबालिका अनाथ बन्न पुगेका छन् ।
एउटा नया अध्ययन अनुसार अमेरिकामा झण्डै डेढ लाख बालबालिका कोरोनाका कारण अनाथ बनेका हुन । मेडिकल जर्नलमा प्रकाशित लेख अनुसार अनाथ हुनेमा धेरै अश्वेत र हिस्पेनिक समुदायका अधिक छन् ।
कोरोनाको संक्रमणकालमा अमेरिकाका अनाथलयमा बालबालिकाको संख्या १५ प्रतिशत वृद्धि भएको छ । अमेरिकाको ठडक्यालिफोर्नियामा सबैभन्दा धेरै बालबालिका कोरोनाका कारण अनाथ बनेका छन् । दोस्रो नम्बरमा मिसिसिपी राज्य रहेको छ।
मेडिकल जर्नलमा पीडियाट्रिक्सको अध्ययन अनुसार कोरोना महामारीका दौरान प्राथमिक हेरचाह गर्नुपर्नेमा अश्वेत र हिस्पेनिक समुदायका थिए । जुन अमेरिकाको जनजख्याको ४० प्रतिशत हिस्सा यो समुहले ओगटेको छ ।
यो अध्ययन अनुसार कोरोनाका कारण अनाथ हुने बालबालिकाको संख्यामा १५ प्रतिशत वृद्धि भएको अनुमान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected