एउटा भन्छउसको पतन भईसक्यो

अर्को भन्छ खतम भईसक्यो

दुवै आफ्नो डम्फु बजाइरहेका छन्

हाम्रो टाउको टनटन दुखाइरहेका छन्


झगडै
झगडा गर्यागर्यै छन्

मुखमा जे आयो बोल्या बोल्यै छन्

वर्षाहिउँद, कोभिड, चाडपर्व केहि पनि भन्दैनन्

एकोहोरो सत्तोसराप गर्या गर्यै छन्

 

के भयो, किन सिद्धान्तविचार अलपत्र पर्यो ?

तिनीहरुलाई अरण्यरोदन किन गर्नु पर्यो ?

रिस खाको आफु बुद्धि खाको अर्को भन्थे बुढापाकाले

तिनीहरुको चाला देख्दा खिस्स हाँस्यो छिमेकीले

 

तिनीहरुको झगडाको  कहिले अन्त्य होला ?

कुर्सीलडाई नगरि देश बनाउने बुद्धि कहिले आउने होला ?

दैवी शक्ती ! प्रार्थना तिमीलाई यसपाली यति गरिदेऊ

काठको साँघुरो फट्केमा लडिरहेका यिनीहरुलाई सद्बुद्धि देऊ !

 

(पुनश्च : घटस्थापना२०७८ को एकाबिहानै फेसबुकमा देखिएको एउटासमाचारले फुराएको सिर्जना )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected