नेपाली समाज टेक्ससको रमाइलो दशै महोत्सवमा भीड

टेक्सस– अमेरिकाको टेक्सस स्थित युलेशमा रहेको बियर क्रिक पार्क आईतबार उल्लासमय बन्यो । नेपालीहरुको महानपर्व विजयदशमीको झझल्को दिने गरि नेपाली समाज टेक्ससले नेपाली समुदायलाई लक्षित गरि दशै महोत्सव आयोजना ग¥यो । महोत्सवमा गीत संगीत संग खानाको उत्सव रहेको थियो ।
त्यसै गरि विभिन्न व्यवसायिक स्टलहरु समेत महोत्सवमा समावेश रहेको थियो । नेपाली समाज टेक्ससले हरेक वर्ष नेपाली समुदायलाई मनोरञ्जन दिन यसरी नै दशै महोत्सव आयोजना गदै आएको छ ।
महोत्सवमा दशैको रौनकतालाई बढाउन चंगा चैट पनि राखिएको थियो ।
महोत्सवमा टेक्सस वरपरका शहरबाट रमाउन नेपालीहरु ओइरिएका थिए ।
महोत्सवलाई रंगिलो बनाउन स्थानिय देखि राष्ट्रीय स्तरमा नाम कमाएका कलाकारहरु आएका थिए ।
कार्यक्रममा चर्चित सुगम संगीतका गायक यम बरालले दर्शकलाई आफुसंगै नचाए । उनले नचाउने गीत संगै चर्चित गीत निष्ठुरीले छाडेर गइहाली बोलको गीत गाएर मनोरञ्जन दिए ।
त्यस्ते बाल्टीमोरबाट कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिन आएका गायक जोडी संजीव प्रधान र सरिष्मा अमात्य पनि कार्यक्रमको आकर्षण बने । सरिष्माले दर्शकलाई आफना गीतहरु संग झुमाइन । उनी संगै उनका लोकप्रिय गीतहरु दर्शकले गाए । कोहो त्यो, निधारमा टिका छ , पिरतीको नसा लगायतका आफनो लोकप्रिय गीत गाएर दर्शकलाई उफारिन । त्यस्तै गायक संजीव प्रधानले पनि आफनो लोकप्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । कार्यक्रममा टेक्ससका गायक बेद बस्नेतले पनि केही गीत गाएर दर्शकलाई नचाए ।
कार्यत्रममा स्थानिय कलाकारहरुले पनि विभिन्न गीत नृत्य पस्केका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाग्लले, महासचिव भानु खरेल, एनएस्टी स्कुलका प्रिन्सिपल विजय भट्टराईले लगायतले दशै सम्बन्धी मन्तव्य राखेर शुभकामना दिएका थिए ।