कागजपत्र बिहीन कामदारलाई काममा लगाएर शोषण गर्ने मालिकलाई बाइडेन प्रशासनले नछाडने
अमेरिकाको बाइडेन प्रशासनले अब कागजपत्र बिहिन आप्रवासीलाई काम गर्ने स्थानमा सामुहिक रुपमा छापा नमार्ने घोषणा गरेको छ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यस्तो घोषणा गरेको हो ।
कागजपत्रबिहीन कामदारलाई कम ज्यालामा गुणस्तरहित काम लगाउने, श्रम शोषण गर्ने , असुरक्षीत रुपमा काम लगाउने तथा कानुन विपरीतका गतिधिी गराउने रोजगार दिने मालिकलाई अब कार्वाहीको भागीदार बन्ने छन् । बाइडेन प्रशासनले कागपत्रबिहीनलाई वकपरमिट विना काममा लगाएर फाइदा लिइरहेका रोजगार दिने मालिकलाई खोजी खोजी कार्वाही गर्नेछ ।
पछिल्लो समय अमेरिकामा कागजपत्र नभएकालाई काम लगाएर शोषण गर्ने गदै आफनो फाइदा लिने रोगजारदाता मालिकको शिकार केही नेपाली पनि भएका छन् । मंगलबार बाइडेनल प्रशासननले अब काम गर्ने स्थानमा कागजपत्र बिहीन कामरदारलाई पक्राउ गर्न सामुहिक छापा मार्नेछैन । त गैरकानुनी रुपमा काममा लगाएर आर्थिक लगायत अन्य शोषण गर्ने कामदारका मालिकलाई भने नछाडने भएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















