अमेरिका– दशै दस दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैको नामले परिचित भएको भन्ने भनाई छ । दशैको पनि विशेष गरि टिका र जमरा ग्रहण गर्ने दिनलाई महत्वपुर्ण मानिन्छ ।
नेपाल पञ्चाग निर्णायक समितिले यस वर्षको टिकाको साइत सार्वजनिक गरेको छ ।
अमेरिकामा यस अघि दशै टिकामा विवाद हुदै आएकोमा यसपटक भने एकै तारिख नेपाल र अमेरिकामा टिकाको साइत राखिएको छ ।
यस पटक टिकाको साइत नेपालमा असोज २९ अर्थात अक्टोबर १५ रहेको छ । नेपालमा टिकाको साइत १० बजेर ३५ मिनेट जादा सुरु हुने छ ।
अमेरिकामा यस वर्षको टिका जमारा लगाउने साइत अक्टोबर १५ बिहान ८ बजेर १५ मिनेट अथवा ९ बजेर ३९ मिनेट जादा वा दिउसो २, बजेर ३३ मिनेट जादा र साझ ७ बजेर ३७ मिनेट जादा उत्तम भएको नेपाली मन्दिर टेक्ससका मुख्य पण्डित आचार्य मेघराज निरौलाले बताएका छन् ।
टिका लगाउने मानिस पुर्व फर्केर लगाउनु पर्ने पञ्चग निर्णयक समितिले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected