अमेरिका– अमेरिकाले क्यानडा तथा मेक्सिकोमा अवस्थित सिमाक्षेत्र १८ महिनापछि खुल्ला गरेको छ ।
तर सिमाक्षेत्रमा आउन जानका लागी भने कोरोना भ्याक्सिनको दुबै डोज लगाएका ले मात्र आउन जान अनुमति पाउनेछन् । आउदो नोभेम्बर महिनाबाट बाइडेन प्रशासनले यो फैसलालाई लागु गर्नेछ । सन् २०२० मा कोरोना महामारी सुरु भएपछि अमेरिकाले उक्त सिमा क्षेत्रबाट आउन जान प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटीले क्यानडा तथा मेक्सिकोको यात्रुहरुका लागी आउदो नोभेम्बर महिनाबाट आउन जान अनुमति दिने जानकारी दिएको छ ।
सिमा खुल्ला भएपछि अतिवाश्यक कामका लागी क्यानडा तथा मेक्सिकोबाट पर्यटक तथा परिवार भेटघाटका लागी आउन जान सक्नेछन् ।
अमेरिकाको बाइडने प्रशासनको यो कदमलाई सबैले स्वागत गरेका छन् । तर कोरोना विरुद्धको भ्याक्सिन लगाएकालाई भने अमेरिका प्रवेश गर्न दिइनेछैन ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...