अमेरिकामा अहिलेसम्म ६० लाख बढी बालबालिका कोरोनाबाट सक्रमित

Doctor’s hands in protection gloves putting COVID-19 test swab into kid’s mouth in hospital.
अमेरिका– अमेरिकामा अहिले बालबालिकामा पनि कोरोना संक्रमण बढन थालेको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिले सम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ६० लाख नाघेको छ । समाचार एजेन्सी सिन्हुवाको रिपोर्ट अनुसार कोरोना महामारी सुरु भएपछि अहिले अक्टोबर महिनाको मध्यसम्म कोरोना सक्रमित हुने बालबालिकाको संख्या ६० लाख नाघेको हो ।
अहिले बालबालिकामा कोरोना संक्रमण दर असाधारण किसिमले बढीरहेको छ । रिपोर्ट अनुसार सेप्टेम्बर ३० देखि अक्टोबर ७ सम्म बालबालिकामा कोरोना संक्रमण १ लाख ४८ हजार भन्दा बढी मामला आएको थियो ।
रिपोर्ट अनुसार २३ सेप्टेम्बर देखि अहिलेसम्म बालबालिकामा कोरोना सक्रमण ६ प्रतिशतले बृद्धि भएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...