अमेरिकामा पार्टिका कारण नेपालीहरु विभाजित– वरिष्ठ पत्रकार प्रधान

टेक्सस– देश बिग्रनुमा नेता संगै हाम्रो समाज पनि जिम्मेवार छ । वरिष्ठ पत्रकार प्रतिक प्रधानले ठुला भनिएका राजनितिक दलहरु काग्रेस, एमाले र माओवादी नै देश बिग्रार्नमा प्रमुख जिम्मेवार रहेको बताएका छन् ।
मुलुकलाई अधोगति तर्फ धकेल्ने राजनितिक दलकै कारण लोकतन्त्र प्रति समेत जनताको वितृष्णा पैदा भएको वरिष्ठ पत्रकार प्रधानको धारणा छ । अमेरिकाको टेक्ससमा आईतबार हिमालय खबरले आयोजना गरेको भेटघाट तथा अन्तक्रियाका क्रममा पत्रकार प्रधानले शाम दाम तथा दण्डभेद प्रयोग गरेर सत्तामा जाने दलहरुले पैसाको चहलखेल समेत गर्ने गरेको तितो यथार्थ सुनाए ।
तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको प्रेस सल्लाहकार समेत भएका प्रधान नेपालको राजनिति र नेताको आचारविचारलाई नजिकबाट नियाल्ने मौका समेत पाएका थिए ।
केपी ओलीको सरकार कालमा देशमा ठुला भ्रष्टाचार देखि गैर लोकतान्त्रिक काम भएको बताए । अहिले देउवा सरकार यो कार्यकालमा पनि लोकतान्त्रिक काम हुन नसकेकोमा चिन्ता जाहेर गरे ।
राजनितिक विकृति र बिंसंगतिको अवस्थाको बारेमा चिरफार गरेका पत्रकार प्रधानले अहिले नेपालको पत्रकारिताको क्षेत्र अस्तव्यस्त भएको बताए । देशभर नै पत्रकारको संख्या बढेको तर को पत्रकार भन्नेमा नै प्रश्न उठेको जनाए । पत्रकारितामा समस्या छ , प्रधानले भने– ‘पत्रकार राजनितिक पार्टिको कार्यकर्ता भए , पत्रकारिता निश्पक्ष छैन ।’
पत्रकार प्रधानले पत्रकारितामा सुधार भए मात्र देश अमेरिका बन्न नत्र उत्तर कोरिया भन्ने चेतावनी दिए ।
एक अर्को प्रसंगमा उनले अमेरिकामा पार्टिका कारण नेपालीहरु विभाजित भइरहेकोमा दुखेसो पोखे ।
कार्यक्रममा नेजाका अध्यक्ष विकासरा न्यौपाने, शैलेश आचार्य पत्रकार
रामचन्द्र भट्ट, प्राध्यापक प्रभात दिक्षित, व्यवसायी हरिबोल भण्डारी, बाल जोशी लगायतले नेपालको राजनिति र पत्रकारिताको बारेमा पत्रकार प्रधानसंग जिज्ञासा राखेका थिए ।