अमेरिका– बिरामी भएर अस्पताल भर्ना भएका अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिन्टन डिस्चार्ज भएर घर पुगेका छन् । दक्षिण क्यालिफोर्नियाको एउटा अस्पतालमा पिसाबमा संक्रमणको उपचार भइरहेको थियो । बिल क्लिन्टनका प्रवक्ता एन्जेल युरेनाले पछिल्लो २४ घन्टामा स्वास्थयमा धेरै सुधार आएको बताएका छन् ।
क्लिन्टन एन्टीबायोटिक डोज संगै उनको थप उपचार घरमै राखेर गरिएको छ । पुर्व राष्ट्रपतिका डाक्टर अल्पेश अमीनको टिमको रेखदेखमा घरमै उपचार गरिने भएको छ । क्लिन्टनको ज्वरो निको भएको छ र श्वेत रक्त कोशिकाको संख्या पनि सामान्य रहेको छ ।
७५ वर्षिय क्लिन्टनलाई गत मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । पिसाबमा संक्रमण भएपछि उनलाई क्यालिफोर्निया विश्वविद्यालयको इरवीन मेडिकल सेन्टरको आइसियुमा भर्ना गरिएको थियो ।
राष्ट्रपति जो बाइडेनले क्लिन्टनको स्वास्थय लाभको कामना गरेका छन् । क्लिन्टन १९९३ देखि २००१ सम्म अमेरिकाको ४२ औ राष्ट्रपतिको रुपमा काम गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected