अमेरिकाका पुर्व पहिलो अश्वेत विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणबाट निधन

अमेरिका–अमेरिकाका पुर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणको जटील समस्याका कारण निधन भएको छ ।
उनी अमेरिकाको पहिलो अश्वेत विदेशमन्त्री समेत हुन ।
परिवारद्धारा फेसबुकमा जारी गरिएको सन्देशमा ८४ वर्षिय पावेलको निधन भएको पृष्ठि भएको हो । पावेलले कोरोना विरुद्धको दुबै डोजको भ्याक्सिन समेत लगाएका थिए ।
१९३७ अप्रिल ५ मा न्युयोर्कमा जन्मेका पावेल सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री थिए । जतिबेला अमेरिकाको राष्ट्रपति जर्ज डब्लु बुस थिए ।
कोलिन पावेल विदेशमन्त्री हुदा सन् २००२ मा नेपालको भ्रमण समेत गरेका थिए । नेपालको भ्रमण गर्ने उनी मात्र एक अमेरिकी विदेशमन्त्री हुन । नेपाल भ्रमण गर्दा त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । अमेरिकी विदेश नितिलाई मजबुत बनाउनमा उनको ठुलो योगदान रहेको छ ।
पावेल पुर्व राष्ट्रपति रोनाल्ड रिगनको कार्यकालमा पहिलो अश्वेत राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो । उनलाई ९० को दशकमा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति दावेदारको रुपमा समेत हेरिएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...