अमेरिका– अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प संसदमा भएको हमलाको
दस्तावेज जारी गर्ने तर्फ रोक लगाउन अदालत पुगेका छन् । यसलाई लिएर उनले राष्ट्रपति जो बाइडेनलाई चुनौती दिएका छन् ।
गएको जनवरी ६ मा ट्रम्पले राष्ट्रपति निर्वाचनमा पराजय भोगेपछि संसदमा हमला भएको थियो । घटनाको जाच गरिरहेको संसदको स्थायी समितिले बाइट हाउससंग घटना संग सम्बन्धीत दस्तावेजलाई लिएर आग्रह गरेको थियो । संसदमा भएको हमलाको जाच अहिले कंग्रेस कमिटिले गरिरहेको छ । ट्रम्पले कमिटीले गरेको माग पुर्ण रुपमा अबैध भएको अदालतलाई बताएका छन् ।
अमेरिकाको राष्ट्रपति भवन बाइट हाउसले हमला संग सम्बन्धीत दस्ताबेजको जाच गरिरहेको एक समितिलाई सुम्पने निर्णय लिएको छ । डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनलाई दस्तावेज न सुम्पिन आग्रह गरेका छन् । अहिले कग्रेस कमिटिले गएको जनवरी ६ मा संसदमा भएको हिंसाको जाच गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected