अमेरिका–अमेरिकामा सोमबार राती एक नेपालीको गोली हानी हत्या भएको छ ।
अमेरिकाको म्यासाच्युसेटको फल्स रिभरमा आफनै स्टोरमा ५४ वर्षिय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन ।नेपालको धनुषा घर भएका शाहको आफनै स्टोरमा सोमबार राती ९ बजे गोली हानी हत्या गरिएको मधेशी एशोसिएसन अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् ।
घटना लुटपाटकै उद्देश्य घटाइएको हुन सक्ने बताइएको छ । गोली हान्ने अभियुक्तलाई प्रहरीले खोजी रहेको छ ।
महासेठ बिगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय संचालन गदै आएका थिए ।
महासेठको हत्या प्रति मधेशी एशोसिएसन अमेरिका लगायत अन्य विभिन्न नेपाली संघ संस्थाले घोर भत्र्सना गरेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...